Advertisement

महिलाको अनौठो सोख, भान्साकोठामा ५० मुसाको लालनपालन

0 241

Advertisement

०६ बैशाख, एजेन्सी । कतिपय मानिसको रुचि नै अनौठो खालको हुन्छ । केही मानिसको जनावरप्रति निकै ठूलो लगाव हुन्छ । घरमा कुकुर, बिरालो जस्ता साथी जनावर पाल्ने सोख हुने मानिसहरु अधिकांश हुन्छन् । कतिपयले विभिन्न चराचुरुंगी पनि पालेका हुन्छन् घरमा । तर एकजना महिला यस्ती छिन् जसले आफ्नो घरको भान्सा कोठामा ५० वटा मुसा पालेकी छिन् ।

आमरुपमा हामीले घरमा छिरेका मुसा भगाउन तथा मार्न अनेक जुक्ति लगाउँदछौं । तर अमेरिकन महिला मिसेन रेबोनले भने घरमा निकै मिहिनेत गरेर मुसा पालेकी छिन् ।

५१ वर्षकी मिसेलले भान्साकोठामा पालेका मुसालाई निकै माया गर्छिन् र आफ्नै बच्चालाई जस्तो देखभाल गर्दछिन् । उनले ती मुसालाई ‘बेबी’ भनेर बोलाउँछिन् ।

अनौठो त के भने उनले मुसासँगै एउटा बिरालो पनि पालेकी छिन् । बिरालोले मुसा खाइदिनुपर्ने हो । तर उनकोमा त मुसा र बिरालो नै मिलेर खेल्दछन् ।

अमेरिकी सेनाबाट अवकाशप्राप्त मिसेल जनावरप्रेमी हुन् । उनले घरमा ५० मुसा र ३ बिरालोसँगै ४ वटा कुकुर, दुईवटा सुँगुर, दुईवटा भेंडा, दुईवटा बाख्रा, १५ वटा हाँस तथा २५ वटा कुखुरा लगायतका विभिन्न पशुपंक्षी पालेकी छिन् । उनले सन् २०१८ मा पहिलोपटक घरमा एउटा भाले र एउटा पोथी मुसा ल्याएकी थिइन् । तिनै दुईवटा मुसाबाट अहिले त्यहाँ ५० जना मुसाको परिवार बनेको छ ।

मिसेल रेबोनले आफ्नो भान्साकोठाको बेसिनमा पानी भरेर मुसालाई नुहाइदिने गर्दछिन् । मुसालाई स्नान गराइरहेको भिडियो उनले फेसबुकमा शेयर गरेकी छिन् जुन निकै भाइरल बनेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.