Advertisement

विनानिष्कर्ष सकियो वालुवाटारमा गठबन्धन बैठक, साँझ पुन: बस्ने

0 181

Advertisement

०५ वैशाख, काठमाडौं । स्थानीय तहको भागबण्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ ।

सोमबार मध्यान्हदेखि वालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि आजै साँझ पुन बस्नेगरै बैठक सकिएको हो ।

शीर्ष नेता र गठबन्धनको निर्वाचन तयारीका साथैअनुगमन समितिको संयूक्त बैठक चुनावी तालमेलका विषयमा छलफल केन्द्रीत छ ।

सयुक्त बैठकमा सहमति जुट्न नसकेपछि अब केहीबेरमा आ–आफ्नै दलले छुट्टाछुट्टै आन्तरिक छलफल गर्ने र बेलुका पुन संयुक्त बैठक बस्ने भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला,

नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुन, जनता समाजवादी पार्टीका अध्यक्षद्धय डा बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी रहेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.