Advertisement

म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा

0 307

Advertisement

०४ वैशाख, तम्घास । गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उहाँ कालीमाटी, ढाडा, गैरापधँेरालगायत स्थानमा पुग्ने गर्नुहुन्थ्यो ।

ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा आएको छ ।

घरमै पानी आउन थालेपछि उहाँको दैनिक जीवन धेरै सहज बनेकोे छ । कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी सुनाउनुहुन्छ ।

“बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उहाँले भन्नुभयो, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्याे ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उहाँको भनाइ थियो ।

“घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भन्नुभयो, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।”

घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिनुहुन्छ । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् ।

विगत एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा जडान भएको छ । “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भन्नुभयो, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्ताँैदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ ।

त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उहाँले भन्नुभयो, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।”

चुनावी वाचा पूरा ग¥र्यौं : वडाध्यक्ष

म्यालपोखरीमा ‘एक घर, एक धारा’ अवधारणाअन्तर्गत लिफ्टिङ प्रविधिबाट पानी पु¥याइएको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत् तल्लो लुप्सी खानेपानी आयोजना सञ्चालन गरिएको हो । त्यस्तै वडाभित्र केही साना आयोजना सञ्चालन गरी कूल ३२५ घरमा खानेपानीको धारा पु¥याइएको वडाध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि सञ्चालनमा छन् । जसका लागि चार करोडभन्दा बढी रकम खर्च हुने अनुमान छ । “पानी पु¥याउने प्रतिबद्धता जनाएर भोट मागेका हौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “विश्वास गरेर भोट दिनुभयो, हामीले चुनावी वाचा पूरा ग¥र्यौं ।”

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.