Advertisement

भरतपुर छाड्ने संकेत गर्दै देउवाले भने : नगर सभापतिले उपमेयर लड्छु भनिसके

0 405

Advertisement

०३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयरको उम्मेदवार कुनै हालत छाड्न नहुने बताएका थिए । महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

तर सभापति देउवाले भरतपुर महानगर कमिटीकै सभापतिले उपमेयर लड्न तयार छु भनिसकेको बताएका छन् । भरतपुर नगर सभापति चित्रसेन अधिकारी हुन् । संस्थापन इतर समूहका उनी वडा नम्बर २१ को वडाध्यक्ष समेत हुन् ।

कांग्रेसको भरतपुर नगर र चितवन जिल्ला कमिटीले कुनै हालतमा मेयर नछाड्ने निर्णय गरेको छ । तर देउवाले नगर र जिल्लाको निर्णयलाई उल्लेख गरेनन्, तर नगर कमिटीका सभापतिले आफूलाई उपमेयर लड्छु भनिसकेको भन्दै मेयर माओवादीलाई दिने संकेत गरेको एक कार्यसम्पादन समिति सदस्यले जानकारी दिए ।

सभापतिले स्थानीय तहको कुरा भनेको महानगर होइन, महानगरले मानिसक्यो त भन्नुभयो,’ ती नेताले भने, ‘तर जिल्ला कार्यसमितिले नमानेको, २९ वटै वडाले बैठक गरेको केही देख्नु भएन ।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसका कारण गठबन्धन टुट्न नहुने प्रष्ट मत राखेका छन् । धोका दिन कांग्रेसको इथिक्सले नदिने उनको तर्क थियो ।

पौडेललाई गगन र निधिको काउन्टर

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा बहुसंख्यक नेताहरुले भने ६ वटा महानगर र ११ वटै उपमहानरको नेतृत्व छाड्न नसक्ने बताएका छन् ।

डा. शशांक कोइराला, बलबहादुर केसी लगायतका नेताहरु एक्लै लड्नुपर्ने मत राखेका छन् । देउवा समूहका नेताहरु रमेश रिजाल र आनन्द ढुंगानाले मधेस प्रदेशका पालिकाहरुमा तालमेल हुन नसक्ने धारणा राखेका हुन् । प्रवक्ता डा. प्रकाशशरण महतले एकाध ठाउँमा उपमेयर बाहेक अरु दिन नसकिने बताएका छन् ।

उपसभापति महेन्द्र यादव, फरमुल्लाह मन्सुर लगायतले गठबन्धनको विकल्प नभएको बताए भने किशोरसिंह राठोर, जीवन परियार लगायतले पार्टीको निर्णयअनुसार स्थानीय तहको आवश्यकताका आधारमा तालमेल गर्नुपर्ने बताएका थिए ।

तालमेलको पक्ष विपक्षमा मत आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले समय मागेर बोले । उनले गठबन्धनबारे पार्टीले निर्णय गरिसकेपछि बाहिर गएर बोल्न नपाइने बताए । साथै पार्टी सभापतिलाई आफूले नै गठबन्धनमा ल्याएको र त्यसको विकल्प नभएको बताए । तर महामन्त्री थापा र पूर्व उपसभापति विमलेन्द्र निधिले भने पौडेलसँग फरक मत राखेका छन् ।

पौडेललगत्तै बोलेका पूर्वउपसभापति निधिले पार्टीको लाइन नै प्रष्ट हुनुपर्ने बताए । पार्टीको लाइन बहुदलीय पद्धतिमा दलले आफ्नो तागतले जितेर आउने होइन, गठबन्धनकै राजनीति अगाडि बढाउँछ भन्ने हो ? भन्ने प्रश्न गरेका छन् ।

महामन्त्री थापाले पौडेललाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बेला पार्टीको निर्णय मानेर आफ्नो मतको वकालत गर्दै आएको सम्झाए । अहिले आफ्नो मत गठबन्धन गर्नु हुँदैन भन्ने रहेको भन्दै उनले भने, ‘पार्टीको निर्णय मान्छु, तर पार्टीको निर्णय बदल्ने कोशिस गरिराख्छु ।’

गठबन्धनमा रहेका बाहेकका दलसँग तालमेल गर्न नपाइने पार्टीको निर्णय भएको भन्दै उनले गठबन्धनमा रहेका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने स्थानीय पार्टी कमिटीको निर्णय हुने बताए । बरु नेताहरुलाई जिम्मा दिएर तालमेलबारे निर्णयमा पुग्न तल्लो कमिटीहरुलाई सघाउन सकिने थापाले बताएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.