Advertisement

न्यूयोर्कका मेयरलाई लाग्यो कोरोना

0 197

Advertisement

२८ चैत, एजेन्सी । अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ ।

मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर उहाँलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सो विज्ञप्तिमा उहाँलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उहाँको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ ।

उहाँ आइसोलेसनमा बस्नुभएको र अबको एक हप्ता उहाँले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।

यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ । गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घन्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।

न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ ।

यहाँ अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.