Advertisement

सुनको ६ थान सिक्रीसहित विमानस्थलबाट तीन जना पक्राउ

0 160

Advertisement

२८ चैत, काठमाडाैँ । सुनको ६ थान सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका–१ स्थायी ठेगाना भएका ३२ वर्षीय सुकुराम लामा र नौकुण्ड गाउँपालिका–६ का २७ पेम्बा थोक्रा तथा २२ वर्षीय बुद्धिमान तामाङ छन्।

उनीहरूको साथबाट दुई/दुई थान सुनको सिक्री बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूबाट बरामद सुनको बजार मूल्य २५ लाख ५९ हजार ६२५ रूपैयाँ ७४ पैसा रहेको प्रहरीले बताएको छ।

शनिबार एयर अरेवियाको उडानद्वारा सारजाहाबाट काठमाडौं ओर्लिएका उनीहरूको गतिविधि शंकास्पद देखिएछि विमानस्थलको आगमन टनेल गेटमा नियन्त्रणमा लिई जाँच गर्दा उक्त सुन फेला परेको प्रहरीको भनाइ छ।

बरामद सुनको सिक्रीसहित तीनै जनालाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.