Advertisement

नेपालमा सलमानलाई यसरी दिइँदै छ सुरक्षा

0 256

Advertisement

१५ सय सुरक्षाकर्मी, ७०० निजी कम्पनीका सेक्युरिटी र २०० स्वयंसेवक परिचालित हुने

२७ चैत, काठमाडौं । बलिउड अभिनेता सलमान खान ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउन लागेका छन् । आयोजकले सलमान खानकाे सुरक्षाका लागि सरकारसँग १५ सय सुरक्षाकर्मी माग गरेको छ । आयोजक ओडीसी इन्टरटेन्मेन्टले सलमान र कार्यक्रमको सुरक्षा प्रवन्धका लागि १५ सय सुरक्षाकर्मी सरकारसँग माग गरेको हो ।

सलमानको सुरक्षामा कुनै कमजोरी नहोस् र कार्यक्रममा कुनै अप्रिय घटना नघटोस् , “कार्यक्रममा कुनै पनि सुरक्षा थ्रेट नहोस् र कार्यक्रम शान्तिपूर्ण रुपमा सफल होस् भनेर हामीले १५ सय सुरक्षाकर्मी माग गरेका हौं,” उनले भने, “यसबाहेक आफ्नोतर्फबाट गर्ने सुरक्षा प्रवन्ध त हामी गर्छौैं । निजी सेक्युरिटी कम्पनीबाट सेक्युरिटी हायर गर्दैछौं ।”

निजी कम्पनी गरुड सेक्युरिटीबाट ल्याइएका ६०० देखि ७०० सेक्युरिटी र ओडीसीबाट २०० स्वयंसेवक फिल्डमा उतारिने छ ।

सलमानको सुरक्षाका लागि ओडीसीले सातजना पर्सनल बडिगार्ड प्रदान गर्नेछ भने सरकारसँग पीएसओ मागिने गुरुङले जानकारी दिए । उनका अनुसार सरकारसँग ओडीसीले पीएसओ माग्ने तयारी गरिरहेको छ । सलमानका पर्सनल बडिगार्ड भने उतैबाट आउने सिमान्त बताउँछन् ।

सलमान जेठ १४ गते मा दशरथ रंगशालामा हुने ‘दबंग टुर रिलोडेड’ का लागि नेपाल आउने छन् । ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरु नेपाल आउन लागेका हुन् ।

सलमान लगायत टिम नेपाल आउँदा सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ । गुरुङका अनुसार सलमानलाई ३ करोड भारतीय पारिश्रमिकमा नेपाल ल्याउन लागिएको हो । ६ करोडमा बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । सलमानलगायत बलिउड अन्य कलाकारहरुलाई पारिश्रमिक पनि पठाइसकिएको छ ।

सलमानको नेपाल बसाई तीन दिनको रहनेछ । २७ तारिखमा उनी नेपाल आउनेछन् । दशरथ रंगशालामा हुने कार्यक्रमका लागि ब्रोन्ज टिकट ५ हजार, सिल्भर टिकट १० हजार, गोल्ड टिकट १५ हजार र प्लेटिनम टिकट २५ हजार रूपैयाँ तोकिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.