Advertisement

मन्त्री आले-सलमान खान बिच भर्चुअल संवाद : माउन्टेन फ्लाइटदेखि सुटिङसम्मको निम्तो

0 418

Advertisement

०९ चैत, काठमाडौं । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र अभिनेता खानले भर्चुअल संवाद गरेका छन्।

पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भएको भर्चुअल संवाद ‘प्रोटोकल’को दायरामा सीमित रहेन । झण्डै १० मिनेटको गफगाफ मन्त्री र कलाकार भन्दा स्टार र फ्यानबीचको बढी थियो ।

त्यो संवादमा के मात्र थिएन, अन्तरंग, फ्यान हुनुको खुसी, मन्त्रीले राखेका अपेक्षा, आउने चाहना हुँदाहुँदै पनि आउने नपाएको स्टारको पीडा, कोरोना महामारी र पर्यटनलगायत ।

आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री आले र अभिनेता खानले संवाद गरेका थिए ।

मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै कुरा थाले । उनले हिन्दी, मराठीदेखि अंग्रेजी मिसाएर संवाद गरे । मराठीमा समेत दुईबीच कुरा भयो । आफू एक फिल्म सुटिङको लागि नेपाल आएको, तर त्यो फिल्मको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सलमानले सुनाए । तर यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको सलमानले बताए ।

‘धेरै समय भयो नेपाल नआएको । सोही समयमा मलाई लाग्छ, ‘खुदा गवाह’को सुटिङ पनि चलिरहेको थियो त्यहाँ । त्यसपछि नेपाल आउने समय मिलेन,’ सलमानले सम्झिए, ‘यसपटक भने हामी उत्साहित छौं ।’

मन्त्री आलेले पटक-पटक आफू सलमानको ठूलो फ्यान भएको बताउँदै मुम्बई भ्रमणको प्रसंग पनि जोडेका थिए । संवादमा आलेले सलमानका फिल्म र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने वचन समेत दिए । जवाफमा सलमानले नेपालमा फिल्म सुटिङ गर्ने इच्छा व्यक्त गरे ।

कोरोना महामारीले थलिएको नेपाली पर्यटनलाई सघाउन द ब्याङ टुर उपयोगी हुने आशा व्यक्त गर्दै आलेले सलमानको मन जित्न केही रमाइला कुरा पनि गरे । सगरमाथा आरोहणको निम्तो समेत दिंदै आलेले सलमानलाई सगरमाथाको पर्वतीय उडानमा लैजान इच्छुक रहेको र ब्रेकफास्ट सँगै लिने इच्छा व्यक्त गरे । जवाफमा सलमानले ‘डन’ भन्दै मन्त्री आलेको आग्रहलाई स्वीकारे ।

मन्त्री आलेले कीर्तिमानी आरोही निर्मल पूर्जा र उनको चर्चित नेटफ्लिक्स डकुमेन्ट्री ‘फोर्टिन पिक्स’को विषय पनि निकाले । यसबारे आफू पहिल्यै जानकार भएको सलमानले बताए ।

सलमानसँगको कुराकानीपछि मन्त्री आलेले द ब्याङ टुरलाई लिएर मिडियासँग आफ्ना भनाइ राखे । सलमानको कन्सर्टमा जान प्रधानमन्त्री शेरबहादुर देउवा पनि इच्छुक रहेको मन्त्री आलेले बताए । ‘मैले प्रधानमन्त्रीज्यूसँग पनि यसबारे कुरा गरेको छु । उहाँ पनि कार्यक्रममा सहभागी हुन सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

यो सांगीतिक कन्सर्टका लागि सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा काठमाडौं आउने कार्यक्रम छ । जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए ।

कार्यक्रमकै लागि अप्रिल १३ मा सलमानका भाइ तथा अभिनेता सोहेल खान काठमाडौं आइपुग्ने र पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.