Advertisement

म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने

0 218

Advertisement

२५ चैत, म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)को बेनीमा बसेको संयुक्त बैठकले जिल्लाका ६ वटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए ।

यसअघिको बैठकले गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आंकलन र अनुमानित मत विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो ।

सबै दलले वडा र पालिकाबाट सङ्कलन गरेको विवरणको विष्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने सम्बन्धि निर्णय गर्ने बैठकमा गरिएको छ । सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी छनोट गरिने बताइएको छ । चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र विस्तार गरिएको छ ।

विसं २०७४ को निर्वाचनमा कांग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले सात वडामा, एमालेले दुई गाउँपालिकामा अध्यक्ष, तीन गाउँपालिकामा उपाध्यक्ष र २३ वडाध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुखमा राप्रपा विजयी भएको थियो ।

बेनी नगरपालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । रघुगङ्गामा एमाले र माओवादी, बेनीमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मालिका र अन्नपूर्ण गाउँपालिकामा तालमेल भएको थिएन ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.