Advertisement

भारतले बिजुलीको अधिक मूल्य प्रतियुनिट भारु १२ तोक्यो, नेपाललाई राहत

0 216

Advertisement

१८ चैत, काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।

यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत नियमन आयोगले यसअघि प्रतिनियुट भारु २०मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको हो । एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्नसक्ने असररुहलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश बहादुर भट्टराईका अनुसार अब भारतबाट भारु १२सम्म ‘बिड’ (बोलकबोल) गरेर विद्युत खरिद गर्न सकिनेछ ।

रुस-युक्रेन युद्धका कारण भारतका काइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ । यसका कारण अभावको अवस्था रहेपछि भारतको प्रतिस्पर्धी बजारमा बिजुलीको मूल्य प्रतियुनिट २० रुपैयाँसम्म पुगेको छ ।

अब भने भारु १२ भन्दा बढ्न नपाइने व्यवस्था भएकाले अत्यावश्यक बेलमा नेपालले प्रतियुनिट २२ रुपैयाँसम्म बिजुली किन्न सक्ने अवस्था आएको प्रवक्ता भट्टराईले बताए ।

यसअघि ३८ रुपैयाँ बिड गर्दा पनि प्राधिकरणलाई बिजुली पाउन मुस्किल पर्दै आएको थियो । यसैका कारण उद्योगहरुमा बिजुली कटैती थालिएको थियो । प्रवक्ता भट्टराईका अनुसार पछिल्ला दिनमा सक्दो बढी आपूर्ति गरेर उद्योगमा लाइन काट्न छाडिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.