Advertisement

टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

0 286

Advertisement

१८ चैत, काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए ।

उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक÷एक विकेट लिए ।

जवाफी व्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए । उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे । यस्तै भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिए ।

मलेसियाले शनिबार नेपालसँग खेल्ने छ । नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.