सोमपालले लिए पीएनजीको लगातार दुई विकेट
१२ चैत, काठमाडौं । पपुवा न्यूगिनी पीएनजीविरुद्धको दोश्रो एक दिवसीय क्रिकेटमा सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २७९ रनको लक्ष्य पछ्याएको पीएनजीका ब्याट्सम्यानलाई सोमपालले दोश्रो ओभरको दोश्रो र तेश्रो बलमा आउट गरेका हुन् ।
उनले ओनर टोनी उरालाई कुशल भुर्तेलको हातबाट क्याच गराए । यस्तै दोश्रो ओभरको तेश्रो बलमा असद भालालाई आरिफ शेखको हातबाट क्याच गराए ।
पहिलो एक दिवसीयमा उराले ३८ रन र भालाले ६० रन बनाएका थिए । दोश्रो ओभरमा नै दुई विकेट गुमाएपछि पिएनजी दबाबमा परेको छ ।