Advertisement

ग्रीन भेन्चर्सको आईपीओ खुल्यो

0 456

Advertisement

०८ चैत, काठमाडाैँ । ग्रीन भेन्चर्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज मंगलबारदेखि आवेदन खुलेको छ । कुल ३१ लाख २५ हजार कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । आफ्नो बैंक खाता भएको शाखामार्फत वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

ग्रीन भेन्चर्सले ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् अयोजना संचालन गर्नेछ । सो आयोजनाको प्रतिमेगावाट लागत २३ करोड ५ लाख रहने अनुमान छ । आव ०७७-७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ८७ पैसा छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.