Advertisement

साउदीका परराष्ट्रमन्त्री नेपाल भ्रमणमा, मृत्युदण्ड सुनाइएका नेपालीलाई माफी दिन आग्रह गरिने

0 173

Advertisement

३० फागुन, काठमाडौं । साउदी अरबका राजकुमार एवं परराष्ट्रमन्त्री फैजल बिन फरहान बिन साउद आज नेपाल आउदैछन् ।

उनी नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । साउदीका परराष्ट्रमन्त्री साउदले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै भेटवार्ता गर्ने र अन्तिममा समकक्षी परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना समकक्षीका लागि चैत १ गते बैठकका साथ उनको प्रतिनिधिमण्डलको सम्मानका लागि दिवाभोजको आयोजनासमेत गर्ने जनाइएको छ ।

साउदीका परराष्ट्रमन्त्रीको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहने बताइएको छ । हाल दक्षिण एसियाली मुलुकको भ्रमणका रहेका मन्त्री साउद नेपाल भ्रमणमा पनि आउन लागेका हुन् । उक्त भ्रमणका क्रममा (हिजो) आइतबार श्रीलंका आइपुगेको जनाइएको छ ।

उनी श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार (आज) अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने जनाइएको छ । उनलाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

उनको भ्रमणका क्रममा नेपालले एक सम्झौतामा हस्ताक्षर गर्ने र दुई नेपालीलाई आम माफी दिन आग्रह गरिने जनाइएको छ ।

मन्त्री साउद र नेपाल सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको हो ।

उक्त सम्झौतामा हस्ताक्षर गर्न गतसाता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरिसकेको छ ।

त्यस्तै परराष्ट्रमन्त्रालयले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदसँग मृत्युदण्डको सजाय दिने फैसला भएका दुई नेपालीलाई आम माफी दिन आग्रहसमेत गरिनेछ ।

ती नेपालीहरु हाल मृत्युडण्ड कुरेर फरक फरक जेलमा बसेका छन् । शनिबार मात्रै साउदी अरबले एकै पटक ८१ जना व्यक्तिलाई फरक फरक मुद्धामा मृत्युदण्डको सजाय दिएको बताइएको छ ।

नेपालको बैदेशिक रोजगारीको प्रमुख गन्तब्य रहेको साउदीमा हाल झण्डै पाँच लाग नेपाली कार्यरत रहेका छन् ।
यद्यपि नेपाल र साउदी अरब सरकारबीच श्रम सम्झौता भएको छैन ।

एक दिने भ्रमणकमा आउन लागेका परराष्ट्रमन्त्री साउदको यो भ्रमण १२ यताकै उच्चस्तरिय भ्रमण हो ।
यसअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा गरेका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो।

यसबीचमा नेपाल र साउदीको उच्चस्तरिय भ्रमण कमै भएको छ । त्यसअघि भने नेपालको तर्फबाट उच्चस्तरिय भ्रमण भएको थियो । सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए।

त्यसयता नेपालका तर्फबाट सामान्य भ्रमणहरु भने भएका छन् । यद्यपि उच्चस्तरिय भ्रमण भने भएको छैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.