Advertisement

थप ६२ जनामा सङ्क्रमण, एकको मृत्यु

0 182

Advertisement

२७ फागुन, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सात हजार ९८१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको थियो ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल पाँच हजार २१२ जना सक्रिय सङ्क्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.