Advertisement

रुस-युक्रेन युद्ध: युद्ध अपराध के हो?

0 378

Advertisement

२७ फागुन, बीबीसी । रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका छन्।

३९ देशले त्यस्तो छानबिन हुनुपर्ने माग गरेपछि त्यसो गरिएको हो।

रुसले भने सर्वसाधारणलाई निशाना बनाइएको कुरा अस्वीकार गरेको छ।

युद्ध अपराध के हो र रुसमाथि के आरोप लगाइएको छ?

युद्ध अपराध के हो?

युद्ध अपराधलाई व्याख्या गर्ने कानुनी आधारमध्ये एक जिनिभा महासन्धि हो। युद्धका कानुन र परिपाटी समेटिएको त्यो एउटा व्यापक दायराको र पुरानोमध्येको महासन्धि हो।

र पूर्व युगोस्लाभिया र रवान्डाजस्ता केही घटनाविशेषमा बनाइने इन्टरन्याशनल ट्रिब्युनल्स जाँच आयोगले समेत त्यस्तो व्याख्या गर्छन्।

जिनिभा महासन्धि अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू मिलेर बनेको छ जसले युद्धमा मानवीय व्यवहारका लागि अन्तर्राष्ट्रिय कानुनी मापदण्ड तयार पार्छ।

पहिलो तीन वटा महासन्धिहरूले युद्ध लड्नेहरू र युद्ध बन्दीलाई संरक्षण गर्छन्।

जबकि चौथो महासन्धि जुन दोस्रो विश्वयुद्धपछि बनेको हो त्यसले युद्ध क्षेत्रमा आम नागरिकलाई संरक्षण गर्छ।

सन् १९४९ को जिनिभा महासन्धिलाई रुस सहितका संयुक्त राष्ट्रसङ्घका सबै देशले हस्ताक्षर गरेका छन्।

सन् १९४९ मा जिनिभा महासन्धिमा हस्ताक्षर गरिंदै

चौथो नम्बरको जिनिभा महासन्धिका अनुसार युद्ध अपराध भन्नाले निम्न कुराहरू बुझिन्छ

  • नियतवश हत्या
  • यातना वा अमानवीय व्यवहार
  • नियतवश पीडा दिनु वा शरीर वा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउनु
  • व्यापक क्षति र सैन्य औचित्यबिनाको सम्पत्ति कब्जा
  • मानिसहरूलाई बन्धक बनाउनु
  • गैर कानुनी सुपुर्दगी वा गैरकानुनी कारावास

सन् १९९८ को रोम विधान सशस्त्र द्वन्द्वसँग सम्बन्धित अर्को महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सन्धि हो।

अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनका विषयमा यस व्यवस्थाले समेत युद्ध अपराधलाई समेटेको छ। जसले भन्छ-

  • शत्रुतापूर्ण व्यवहारमा प्रत्यक्ष संलग्न नहुने नागरिक समूहमाथि वा कुनै आमव्यक्तिविरूद्ध नियतवश गरिने हमला
  • व्यापक रूपमा सर्वसाधारणको ज्यान लिने वा उनीहरूलाई घाइते बनाउने जान्दाजान्दै गरिने हमला
  • आफ्नो बचाउ नगर्ने शहर, गाउँ, बस्ती वा भवनमा जुनसुकै माध्यमबाट गरिने हमला वा बमवारी

यसका अनुसार अस्पताल, धर्म वा शिक्षा आर्जनसँग जोडिनेजस्ता निश्चित प्रकारका भवनलाई जानाजान निशानामा पार्न पाइँदैन।

यसले विषाक्त ग्यासजस्ता निश्चित प्रकृतिका हतियारहरूको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

आईसीसी के हो र युद्ध अपराधहरूको अभियोजन कसरी हुन्छ?

द नेदरल्यान्ड्सको हेगमा रहेको आईसीसीको स्थापना रोम विधान अन्तर्गत रहेर सन् १९९८ मा भएको हो।

यो एउटा स्वतन्त्र संस्था हो जसले अन्तर्राष्ट्रिय समुदायलाई सरोकार हुने गम्भीर अपराधहरूमा अभियोजन चलाउँछ।

यसले युद्ध अपराध, नरसंहार, मानवताविरूद्धको अपराध र कुनै पनि देशविरुद्ध राजनीतिक वा सैन्य नियन्त्रणका लागि गरिने कामको अपराधमा अनुसन्धान गर्छ।

राज्यहरूले सन्दिग्ध अपराधीहरूलाई आफ्नै अदालतमा अभियोजन चलाउन सक्छन्।

आईसीसीको क्षेत्राधिकारको प्रयोग राज्यहरूले नसक्ने वा त्यसो गर्न नचाहने अवस्थामा अन्तिम विकल्पको रूपमा गरिन्छ।

यस अदालतको आफ्नै प्रहरी बल छैन र संदिग्धहरूलाई पक्रन त्यसले देशहरूको सहयोग लिने गर्छ।

आईसीसीले काराबास र जरिबानाको रूपमा सजाय दिन सक्छ।

रुस र युक्रेन उक्त अदालतको १२३ सदस्य राष्ट्रमध्ये छैनन्।

तर युक्रेनले त्यसको क्षेत्राधिकार स्विकारेको छ जसको अर्थ आईसीसीले केही अपराधका आरोपमा अनुसन्धान गर्न सक्छ।

यसको सदस्य नभएका अन्य प्रभावशाली देशहरू अमेरिका, चीन र भारत हुन्।

के यसअघि युद्धअपराधबारे अभियोजन भएको छ?

दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले मुख्य रूपमा यहुदीहरूलाई लक्षित गरेर दशौँ लाख मानिसहरूको हत्या गरेको थियो।

आम नागरिक र युद्ध बन्दीमाथि गरिएको गलत व्यवहारका कारण ब्रिटेन, सोभियत सङ्घ र अमेरिका संलग्न भएको गठबन्धनले जिम्मेवारलाई अभियोजन गर्न प्रेरित गरेको थियो।

सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो।

सन् १९४८ मा एउटा त्यस्तै प्रक्रिया टोक्योमा शुरू भयो जहाँ सातजना जापानी कमाण्डरहरूलाई झुण्ड्याइएको थियो।

सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो।
सन् १९४५ र १९४६ को नुरेम्बर्ग ट्रायल्सले १० जना नाजी नेताहरूलाई मृत्युदण्ड सुनाएको थियो।

ती ट्रायलहरूले त्यसपछिका अभियोजनका लागि नजिरहरू खडा गरेका थिए।

सन् २०१२ मा कङ्गोका युद्ध सरदार थोमस लुबाङ्गा आईसीसीबाट दोषी ठहरिने पहिलो व्यक्ति भएका थिए।

जतिखेर उनलाई सन् २००२ र २००३ मा आफ्नो विद्रोही सेनाका लागि बाल सैनिकहरूको भर्ती र प्रयोग गरेकोमा दोषी ठहर्‍याइएको थियो।

उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो।

पूर्व युगोस्लाभियाका लागि गठित इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल सन् १९९३ देखि २०१७ सम्म एउटा संयुक्त राष्ट्रसङ्घीय निकायका रूपमा काम गर्‍यो।

सो निकाय युगोस्लाभियाको युद्धका बेला भएका अपराधको अभियोजनका लागि खडा गरिएको थियो।

जसले बोस्नियाका एकजना पूर्व सर्ब नेता राडोभान कारडिचलाई सन् २०१६ मा युद्ध अपराध, नरसंहार र मानवताविरूद्धको अपराधमा उनको भूमिकाका लागि दोषी ठहर्‍याएको थियो।

बोस्नियाको सर्ब फौजका सैन्य कमान्डर राट्को म्लाडिकलाई समेत सोही अपराधमा दोषी ठहर्‍याइएको थियो।

अन्य केही समयका लागि लागि स्थापना गरिएका अदालतले समेत रवान्डा र कम्बोडियामा नरसंहार र मानवताविरूद्धको अपराधका लागि केही आरोपितमाथि अभियोजन चलाएका थिए।

रवान्डाका लागि गठन गरिएको इन्टरन्याशनल क्रिमिनल ट्रिब्युनल त्यस्तो पहिलो निकाय थियो जसले बलात्कारलाई नरसंहार गराउने आपराधिक शैलीको रूपमा स्विकारेको थियो।

रुसमाथिका आरोप के हुन्?

किएभ, खार्किभ र खेर्सन सहितका शहरमा हालैका दिनमा ठूला हमलाहरू भए।

खार्किभमा आम नागरिकहरू मारिने गरी हवाई हमलाहरू भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्ध अपराध गरेको आरोप लगाए।

खार्किभमा हवाई हमलामा परेका भवनहरू
तस्बिरको क्याप्शन,खार्किभमा हवाई हमलामा परेका भवनहरू

मस्कोमाथि अर्को हमलामा सोही शहरमा विमानबाट छाडिने क्लस्टर बमहरू प्रयोग गरेको समेत आरोप लगाइएको छ।

क्लस्टर बमहरू त्यस्ता हतियार हुन जो छाडिएपछि अन्य ससाना युद्ध सामग्रीका रूपमा फैलन्छन्।

https://www.bbc.com/ws/av-embeds/cps/nepali/news-60629981/p0bs7knn/ne

‘संसारले यो देख्नुपर्छ’: युद्धक्षेत्रमा कार्यरत प्रसूति चिकित्सकको दैनिकी

ती हतियारलाई सन् २००८ को कन्भेन्सन अन क्लस्टर मुनिसन्स अन्तर्गत रहेर धेरै देशले प्रतिबन्ध लगाएका छन्।

तर त्यस महासन्धिमा हस्ताक्षर नगर्ने रुस र युक्रेन दुवैले त्यसलाई प्रतिबन्ध लगाएका छैनन्।

मानव अधिकारवादी समूहहरू र संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूतले समेत आफ्नो एक उत्तर पूर्वी शहरमा रुसले भ्याकुम बमहरू प्रयोग गरेको आरोप लगाएका छन्।

भ्याकुम बमहरू थर्मोब्यारिक हतियार हुन् जसले वाष्पीय इन्धनको बादल उत्पन्न गराएर ठूलो क्षति गराउन सक्छन्।

यसैको प्रयोग रोक्न भनेर कुनै अन्तर्राष्ट्रिय कानुन छैन।

तर यदि कुनै देशले नागरिक समूहलाई खासगरी उनीहरूको बसोबास, विद्यालय वा अस्पताल भएका ठाउँमा प्रयोग गर्छन् भने त्यो सन् १८९९ र १९०७ को हेग महासन्धि अनुसार युद्ध अपराधमा दरिन्छ।

क्रेमलिनले भने युद्ध अपराध गरेको वा क्लस्टर र भ्याकुम बम प्रहार गरेको कुरालाई खारेज गर्दै त्यस्ता आरोपलाई ‘मिथ्या समाचार’ बताएको छ।

रुसी रक्षा मन्त्री सर्गेई शोइगुले ‘हमलाहरू सैन्य निशानामा मात्र गरिएको र खास उच्च तहको प्रस्टता भएका हतियार मात्र प्रयोग गरिएको’ बताएका छन्।

https://www.bbc.com/ws/av-embeds/cps/nepali/news-60629981/p0bs69r2/ne

रुससँग कतिवटा परमाणुअस्त्र छन्?

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.