Advertisement

नेपाल खेलकुद पत्रकार मञ्च र केल्मी नेपालबीच पल्सर स्पोर्टस अवार्ड–२०७७ को सह–प्रायोजन सम्झौता केल्मीसंगको सहकार्य निरन्तर

0 263

Advertisement

२४ फागुन, काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले कामारु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र कामारु ट्रेडिङ प्रालिका निर्देशक प्रदीप न्यौपानेबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कामारु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्री–वितरक संस्था हो ।
सह–प्रायोजक बने वापत केल्मी नेपालले अवार्डमा विजेता र मनोनित खेलाडीलाई टीशर्ट, क्याप र गिफ्ट ह्याम्पर उपलब्ध गराउनेछ ।

१८ औं संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य रूपमा आयोजना हुनेछ ।
अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

नोनयनमा सन्तोषी श्रेष्ठ (एथलेटिक्स), एन्जिला तुम्बापो सुब्बा (फुटबल), एलिना महर्जन (टेबलटेनिस), र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.