१५ फागुन, काठमाडाैँ । आशा राना मगरको डेब्यु म्युजिक भिडियो ‘हाम्रो नजर’ भर्खरै सार्वजनिक भएको छ। जापानमा छायाँकन गरिएको यस भिडियोमा लक्ष्मण पुन लक्स मोडल राना मगरको जोडीको रुपमा देखिएका छन्।
गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वर रहेको यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ। रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ। गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। आशा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।