Advertisement

बुद्ध एयरले अर्को ‘एटीआर-७२ जहाज संख्या १६ पुग्यो

0 249

Advertisement

१२ फागुन, काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक जहाज ल्याएको छ । अब बुद्धसँग कुल जहाज संख्या १६ पुगेको छ ।

पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्न थालेको बुद्धले बुधबार साँझ थप एक एटीआर-७२ जहाज भित्र्याएको हो । कलसाइन ९एन-एएनपी रहेको जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई २ साताभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाई भाडादर पनि स्वतः सस्तो र सहज हुन्छ । त्यही अनुरुप बुद्ध एयरले ७२ सिटे जहाज भित्र्याएको हो । बुद्धसँग ११ वटा एटीआर-७२, ३ वटा एटीआर-४२ र २ वटा बिचएयरक्राफ्ट जहाज छन् ।

बुद्ध एयर निरन्तर सहज र सरल भाडादरको लागि प्रतिवद्ध छ । गएको जनवरी महिनादेखि अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ ।

सस्तिएको भाडादरले पर्यटक भित्राउन ठूलो मद्दत गर्ने वुद्ध एयरले विज्ञप्ती मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्ने बताएको छ ।

नेपाली यात्रुहरुका लागि पनि बुद्ध एयरले हवाई उडानलाई सहज र सरल बनाएको बताएका छन् । सस्तो भाडासँगै उडान संख्या उल्लेख्य मात्रामा वृद्धि गरेको छ । जसअनुसार यात्रुहरु आˆनो समय अनुकल उडान भर्न सक्छन् । आन्तरिकतर्फ हवाई यात्रा समग्र रुप मै सस्तिएको छ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार थप ३ वटा जहाज केही महिनामै भित्र्याउने योजना छ । बुध्द एयरले पोखरालाई देशका विभिन्न गन्तव्यसँग सिधा उडान भरिरहेको छ ।

नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट उडान भइरहेको र मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान शुरु गर्न लागेको छ । त्यस्तै मार्चको १५ देखि भद्रपुरबाट पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना पनि रहेको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.