Advertisement

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषद् बैठक

0 285

Advertisement

११ फागुन, काठमाडाैँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद् बैठक बोलाएका छन्।

आजका लागि बोलाइएको बैठकमा विशेष अदालत र राजश्व न्यायाधीकरणमा अध्यक्ष सिफारिस गर्ने तयारी गरिएको छ।

न्यायाधीशलाई काज खटाउने विषयमा छलफलका प्रयोजनका लागि बैठक बोलाएका हुन्। न्याय परिषद्को सिफारिसमा सरकारले नियुक्ति गर्ने छ। यसअघि विशेषका अध्यक्ष प्रेमराज कार्की थिए।

गत साउन १ गते विशेष अदालतका अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएको थियो। नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको भोलिपल्ट उनीहरुको सरुवा भएको थियो।

यो आदेश भएको भोलिपल्टै बसेको न्याय परिषद्को बैठकले विशेषका अध्यक्ष कार्की तथा सदस्य (न्यायाधीश)हरु बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको सरुवा गरेको थियो। एकैपटक अध्यक्षसहित ४ जना न्यायाधीशको सरुवा भएपछि विशेष अदालतमा २ जना न्यायाधीश मात्रै छन्। अध्यक्ष छैनन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.