Advertisement

२ युक्रेनी क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

0 324

Advertisement

१० फागुन, काठमाडौं । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भन्दै आएको छ ।

रुसको पछिल्लो कदमले युक्रेनमा रुसी सेना प्रवेश गर्ने आधार तयार भएको भन्दै अमेरिकासहित अन्य पश्चिमा देशहरुले रुसको आलोचना गरिरहेका छन् ।

रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले पूर्वी युक्रेनमा रुसी सैनिकलाई तैनाथ गर्ने आदेशको निन्दा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ । न्युयोर्कमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बस्दैछ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भने राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशको सिमाना परिवर्तन नहुने बताए । उनले यो कदम युक्रेनको सम्प्रभूता र क्षेत्रीय अखण्डताको उलंघन भएको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.