Advertisement

रञ्जु दर्शनाले गरिन् इन्गेज्मेन्ट

0 196

Advertisement

०७ फागुन, काठमाडाैँ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन् । उनले किशोर कुईंकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्रह्माण्डलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् ।

आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं ।

उनले लेखेकी छन्, ‘तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’

उनको विवाह कहिले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.