Advertisement

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान आजदेखि

0 166

Advertisement

०६ फागुन, काठमाडाैँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुक्रबारदेखि सुरु हुने भएको छ। क्यालिब्रेसन फ्लाइट हुने भएकाले भैरहवा विमानस्थलको उडान शुक्रबार दिनभर ठप्प हुने जनाइएको छ।

निर्माणको अन्तिम चरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने जनाइएको छ। कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको प्राधिकरणले जनाएको छ। भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको थियो।

प्राधिकरणले यात्रुलाई सहज बनाउन विहान र बेलुकी उडानको समय दिएको छ भने शनिबार क्यालिब्रेसन फ्लाइट नहुने भएकाले उक्त दिन पुरानै तालिकामा उडान हुने जनाएको छ। जडित यन्त्र परीक्षणको समयतालिकामा अवरोध हुने भएपछि साढे पाँच घण्टा उडान रोकेको प्राधिकरणले जनाएको छ। नेपालमा सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये पूर्णरुपमा यान्त्रिक हिसावले अवतरण गर्न सक्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नै पहिलो रहेको प्राधिकरणले जनाएको छ।

फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका सुरु हुने प्राधिकरणको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुनेछ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.