Advertisement

सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग

0 237

Advertisement

०५ फागुन, भक्तपुर । बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् ।

विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले उक्त समस्याबारे जानकारी गराएपछि (नेकपा एमाले)को पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले सूर्यविनायक नगरपालिका–२ मा रहेको विनायक आधारभूत विद्यालयमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

भक्तपुर क्षेत्र नं २ का सांसद बस्नेतले रकम हस्तान्तरण गर्दै सामुदायीक विद्यालयमा अहिले गरिब र सामान्य परिवारका छोराछोरी मात्रै पढ्छन् भन्ने मान्यता रहेकामा शैक्षिक गुणस्तर बढाएर सबैको आकर्षण हुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

वडाध्यक्ष एवं नगरपालिकाको शिक्षा शाखाका संयोजक थापाले सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि भौतिक संरचनादेखि आन्तरिक सुदृढिकरणसम्मका कार्य गर्दै आएको छ भन्नुभयो । केही दिन अगाडि मात्रै वडाध्यक्ष थापाले पाँच वर्षको अवधिमा आफूले पाएको तलब र भत्ताबापतको रु १५ लाख सिपाडोलको गणेश माविलाई गरिब विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न हस्तान्तरण गर्नुभएको थियो ।

प्रथम राष्ट्रिय नृत्य दिवस आयोजना

धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व रहेको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य महोत्सव हुने भएको छ । नगरपालिकाको सहयोग एवं सहकार्यमा नृत्य निर्देशक सङ्घ नेपालको आयोजनामा देशभरका ५४० नृत्य निर्देशक एवं कलाकारको सहभागितामा भोलि ६ गते प्रथम राष्ट्रिय नृत्य दिवस आयोजना गरिने सङ्घका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले आज जानकारी दिनुभयो ।

सातवटै प्रदेशबाट सहभागी आजदेखि नै आउने क्रम जारी रहेको बताउँदै उहाँले भोलि बिहान १० बजे शङ्खधर चोकबाट सुरु हुने झाँकीसहितको र¥यालीमा ४० जिल्लाका कलाकारको झाँकी प्रदर्शन गरिने भएको छ । त्यस्तै ३० जिल्लाका कलाकार एवं नृत्य निर्देशनले कुमारी पार्कमा आफ्नो नृत्य प्रदर्शन गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मध्यपुरथिमिमा नृत्य एवं सांस्कृतिक गुरु श्रीगोपाल प्रजापतिलाई सम्मान गरिने भएको छ । दिवसलाई महोत्सवको रुपमा आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्यब्सनअन्तर्गत १५ विद्यालयका विद्यार्थीको सहभागिता रहने छ । शङ्खधर पार्कबाट सुरु हुने झाँकीसहितको र¥याली मध्यपुरथिमि नगरपालिका परिक्रमा गर्दै नगदेश पुगेर बोडेमा समापनपछि नृत्य प्रारम्भ हुनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.