Advertisement

प्रतिष्ठित उद्योगी ब्यापारी मोतीलाल दुग द्धारा लिखित “कृषी उद्यम देखी जल विद्युत सम्म” नामक पुस्तक विमोचन

0 836

Advertisement

०३ फागुन, काठमाडाैं । एम.भी.दुगड ग्रुपका कार्यकारी अध्यक्ष, बहु आयामी प्रतिष्ठित उद्योगी एवं ब्यापारी श्री मोतीलाल दुगड द्धारा लिखित “कृषी उद्यम देखी जल विद्युत सम्म” नामक पुस्तक गत फाल्गुण १ गते होटल मेरियटमा विमोचन कार्यक्रम शम्पन्न भयो ।

उक्त पुस्तकको विमोचन विश्व विख्यात वरिष्ठ समाज सेवी, माईती नेपाल की संस्थापक अध्यक्ष, भारतको पद्म श्री पुरस्कार लगायत धेरै उपाधीहरुबाट विभुषित, सि.एन.एन हिरो श्रीमती अनुराधा कोईराला ज्यू र विश्व विख्यात वरिष्ठ समाज सेवी, भारतको पद्म श्री पुरस्कार, फिलिपिन्सको रमन म्यागशेशे पुरस्कार लगायत धेरै उपाधीहरुबाट विभुषित आखांका विरामीहरुको आखांमा ज्योतीको प्रकाश निरन्तर रुपमा दिई सेवा पुर्यारहनु भएका डा.श्री सन्दुक रुईत ज्यू समेतबाट गरिएको थियो । नेपाल राष्ट्र बैंकका भु.पु. गभर्नर श्री विजयनाथ भट्टराई, वरिष्ठ गाईनोकोलोजिष्ट डा.भोला रिजाल, सेजनका अध्यक्ष श्री जनार्दन बराल समेतको समुपस्थितीमा उक्त पुस्तक विमोचनको कार्यक्रम शुसम्पन्न गरिएको थियो ।

उक्त पुस्तकमा श्री दुगड जी ले आप्mना पुर्खाहरुले त्यसताका के कसरी कस्ता कस्ता ब्यापारहरु गरेका थिए सो ब्यापार ब्यवशायलाई कसरी दुगड परिवारले पुर्वको मेची देखी पश्चिमको महाकाली सम्म फैलाउंदै लगे त्यस वेला मुलुकमा के कस्ता समस्याहरु थिए ? ती समस्याहरुमा दुगड परिवार र कर्मचारीहरु हातेमालो गर्दे कसरी दुगड ग्रुपलाई यहाँ सम्म पुर्याउन सफल भए भन्ने आदी आदी यथार्थताको चित्रण गरिएको छ ।

सरल र सवै पाठकहरुले स्पष्ट रुपमा बुभ्mने गरी लेखिएको उक्त पुस्तकको इडिटिंगको जिम्मेवारी पाउनु भएका कवी तथा साहित्यकार श्री प्रमोद प्रधान ज्यूले आंफूले पाउनु भएको जिम्मेवारी बडो मेहनत र लगनशिलताका साथ निभाउनु भएको देखिन्छ ।

झट्ट हेर्दा उक्त किताव अलिक ठूलो देखिएता पनि त्यस ताकाको ऐतिहासिक फोटोहरु तथा वि.सं.१९८५ को ऐतिहासीक भन्सार रसिदका कपीहरु लगायत त्यसवेलाका महत्वपुर्ण राजपत्रहरु, एैतिहासिक दस्तावेजहरु समेतको फोटोहरु राखिएकोले उक्त पुस्तक रोचक भई पाठकहरुलाई पुस्तक पढ्न थप आकर्षित गर्दछ ।

लगभग १३७ बर्ष अघि देखी पुर्वको विराटनगरबाट ब्यापार ब्यवशाय शुरु गरेको दुगड घराना नेपालको एक प्रतिष्ठत ब्यापारिक घराना हो । वि.स.२००३ पौष २४ गते तदनुशार ता.१९४७ जनवरी ८ का दिन विराटनगरमा जन्मनु भएका दुगडले आंफू लगभग १६ बर्षको उमेर देखी नै आप्mना पुर्खाहरुले गरि आएको कृषी लगायतको ब्यापार ब्यवशायमा संलग्न रही हाल ७५ औं बर्षको वसन्त समेत पार गरि सकेका छन् । दुगड जी हाल एम भी दुगड ग्रुपको कार्यकारी अध्यक्ष रही आप्mना कैंयौं उद्योग तथा ब्यापारहरुलाई पुर्वको मेची देखी पश्चिमको महाकाली सम्म फैलाई आप्mनो ग्रुपलाई नेपालको अग्रणी स्थानमा उभ्याउन सफल हुनु भएको छ ।

आफ्ना अग्रजहरुले शुरु गरेको कृषी उद्योगलाई अंगाल्दै कोल्ड स्टोरेज लगायतका अन्य विभिन्न उद्योगहरु स्थापना गरी अटो मोवाईल्सका विभिन्न ब्राण्डका गाडीहरु, मोटरशाईकलहरु, स्कुटर हरु, ब्याट्रीहरु, टायर टिउवहरुको डिष्ट्रिब्यूटरशिप लीई लगभग ५० वर्ष देखी निरन्तर उद्योग तथा आयात निर्यात समेतको ब्यापार ब्यवशाय गर्दै आउनु भई केही बर्ष अघि देखी जलविद्युतको क्षेत्रमा समेत होमीएका श्री दुगड जीले केही दिन अघिमात्र २९.४ मेगावाटको विद्युत उत्पादन, केन्द्रिय प्रशारण लाईनमा समेत जोडी सक्नु भएको छ भने बांकी विद्युत उत्पादनको निर्माण कार्य समेत भई रहेका छन् । जसमध्ये थप १३२ मेगावाट विद्युत आगामी बर्षमा नै केन्द्रिय प्रशारण लाईनमा जोड्न दृढताका साथ वहां लागी पर्नु भएकोछ । घटीमा पनि लगभग ५०० मेगावाट जलविद्युत उत्पादन वहांले आप्mनै पाला सम्ममा गरि सक्ने वहांको दृढ इच्छा रहेको छ । यसरी कृषी देखी जल विद्युत उत्पादन तथा प्रशारण सम्ममा लाग्नु भएका दुगड जीले आफ्नो आत्म कथाको नाम समेत “कृषी उद्यम देखी जल विद्युत सम्म” राखी पाठकहरु समक्ष प्रस्तुत गर्नु भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.