Advertisement

बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ

0 231

Advertisement

२९ माघ, काठमाडाैँ । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेयले पूर्व डिएसपी खिउजुले सफाइ पाएको जानकारी दिए । श्रेस्तेदार पाण्डेयले भने–‘सफाइ भएको छ तर, फैसलाको पूर्णपाठ तयार भैसकेको छैन् ।’

महानगरीय प्रहरी वृत चापागाउँमा कार्यरत रहँदा खिउजुले पुलिस रिपोर्ट बनाउन गएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । ०७५ माघ ३० मा ललितपुर महांकाल घर भएकी २१ वर्षीया युवतीले आफुलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको आरोप लगाएर उजुर गरेकी थिइन् ।

बलात्कारको जाहेरी दर्ता भएपछि भागेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले ०७६ फागुन २१ मा पक्राउ गरेको थियो । अदालतको आदेशले उनलाई पुर्पक्षका लागी थुनामा राखिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.