Advertisement

थप १८ सय ५१ सङ्क्रमित, सात हजार ७७७ निको, १४ को मृत्यु

0 269

Advertisement

२६ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा १८ सय ५१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १८ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा चार हजार ७५३ जनाको एन्टीजेन परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल १६ हजार ३५६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर दुई हजार ४०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सात हजार ७७७ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ३० हजार २४१ जना सक्रिय सङ्क्रमित छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.