Advertisement

मान्छे कुट्ने म्यानपावरबाट ठगिएर युएई पुगी अलपत्र परेकाहरू स्वदेश फर्किए

0 450

Advertisement

२६ माघ, न्यूज २४वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षण निकै छ । घर परिवार अनि परिवेश छाडेर परदेश पुगेर काम गर्नु कसैका लागि रहर हो भने धेरैका लागि बाध्यता । आफू जन्मेको देश, हुर्केको टोल र समाज छाडेर खाडी छिर्नुपर्दा कतिको मन कुटुक्क हुन्छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्र दलालहरुका कारण धुमिल बन्न थालेको छ । बेरोजगार यूवाहरुको विवशताको फाइदा उठाउँदै म्यानपावर कम्पनी र तिनका दलालहरुले भिजिट भिसामा समेत खाडी मूलुकमा पठाउँछ । तर, भने जस्तो काम नदिने, अलपत्र पारिदिने प्रवृति बढेको छ ।

केहीदिन अघि काठमाडौँको सामाखुसीमा रहेको ट्रिपल स्टार म्यानपावर कम्पनीले भूतपूर्व नेपाल प्रहरी, नेपाली सेनाका सुरक्षाकर्मीहरुलाई युएईमा सेक्युरिटी गार्डमा काम मिलाइ दिने भनेर त्यहाँ पुर्यायो । तर ती सबैलाई बिचल्लीमा पारिदियो ।

अप्ठ्यारोमा परेकाहरुको उद्दारको माग गर्दै ट्रिपल स्टार पुगेका पीडितका आफन्तमाथि म्यान पावरका सञ्चालकहरुले गुण्डा लगाएर कुटपिट नै गराएको विषय यसअघि नै आइसकेको छ ।

स्वदेशमा उनीहरुका आफन्त कुटिएको तनाब, प्रदेशमा भने म्यानपावरका सञ्चालकको लाइफ ड्यामेज गरिदिन्छु भन्नेसम्मका धम्की । यस्तै यस्तै पीडा भोग्न बाध्य यूवाहरुको अन्ततः सकुशल उद्धार भएको छ । सोमबार स्वदेश फर्किएलगत्र्त न्यूज २४को कार्यालय आएका पीडितहरुले आफूहरुले भोग्नु परेको दुःख पीडाको वृतान्त सुनाए ।

ट्रिपल स्टार म्यानपावर कम्पनीबाट युएई पुगेर अलपत्र परेका नेपाली यूवाहरुको उद्धार भएको छ । सेक्युरिटी गार्डको कामका लागि युएई पुगेका अलपत्र परेका ८ जना भुतपूर्व नेपाल प्रहरी, नेपाली सेनाका सुरक्षाकर्मीहरु सोमबार स्वदेश फर्किएका हुन् ।

सोमबार स्वदेश फर्किएलगत्तै न्यूज २४ कार्यालयमा आएका पीडितहरुले आफूले भोगेका दुःख, पीडा सुनाए ।

जनही ८ लाखसम्म असुलेर युएई पु¥याउने, अनि गुनासो गर्न जानेहरुमाथि गुण्डा परिचालन गरेर कुटपिट गराउने काम उल्टै ट्रिपल स्टार म्यानपावरले गरेको थियो । पीडितहरुका आफन्तहरु उद्धार गरिदिन आग्रह गरेका थिए ।

‘हामी ठिक छौँ’ भन्ने प्रमाणका लागि भिडियो बनाउँन म्यानपावरको दबाब

नोबेम्बर २ तारिखमा दुबई पुर्याइएका पीडतहरुलाई म्यानपावरले न सेक्युरिटी गार्डमा काम लगायो, न त खाना बस्नको उचित सुविधा नै दियो । त्यसमाथि न्यूज २४ टेलिभिजनमा समाचार प्रशारण भएपछि म्यानपावर संचालकले झनै धम्की दिएको पीडितहरुले बताए । यतिसम्म कि ‘आफूहरुले बोलेका सबै कुरा झुठो हो, हामी ठिक छौँ भन्ने आशयको भिडियो बनाएर पठाऊँ’ भन्ने दबाब म्यानपावरले उनीहरुलाई दियो ।

भिजिट भिसामै जान बाध्य पारियो

पीडितहरुका अनुसार उनीहरुले दुई वर्ष अघिदेखि नै पत्रिकामा सेक्युरिटी गार्डको जागिरका लागि दरखास्त देखेपछि प्रकृया सुरु गरेका थिए । तर, म्यानपावरले भिजिट भिसामा पठाउँने प्रकृया सुरु गरेपछि उनीहरुले जान अस्विकार गरे । तर, अग्रिम बुझाएको २ लाख रकम डुब्ने देखेपछि थप रकम बुझाएर भिजिट भिसामै जान बाध्य भएको पीडितहरु बताउँछन् ।

उनीहरु सबैले म्यानपावरका संचालक मध्येका एक रुद्र बहादुर रानालाई जनही ७ देखि ८ लाखसम्म बुझाए । तर, हालसम्म उनीहरुको जनही झण्डै १० लाखसम्म खर्च भइसकेको छ ।

क्षतीपूती पाउँनु पर्ने माग

म्यानपावरले पीडितहरुबाट झण्डै १० लाखसम्म असुलेको पाइएको छ । उनीहरु सबैले हातमा नगद रकम बुझाएको बताएका छन् ।

भिडियाे :

news24nepal बाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.