Advertisement

यातायातमा लगाइएको जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

0 198

Advertisement

२३ माघ, काठमाडाैँ । यातायातका साधनमा लगाइएको जोरबिजोर हटाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो। सीसीएमसीको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै जोरबिजोर हटाउन सिफारिस गरेको हो।

सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर भने अघिल्लो हप्ता हटाइए पनि ट्याक्सी र निजी सवारीमा जोरबिजोर कायम छ।

अब सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका सीडीओको बैठक बसेर निर्णय गरिनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.