Advertisement

धेरै कमाउने फिल्मको शीर्ष स्थानमा उक्लिँदै हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’

0 699

Advertisement


हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’ ले अहिलेसम्म करिब एक अर्ब ७३ करोड डलर कमाएको छ। यो कमाइसँगै ‘नो वे होम’ सबभन्दा धेरै कमाउने फिल्मको शीर्ष स्थानमा उक्लिँदै छ। अहिले यो फिल्म धेरै कमाउने फिल्मको छैठौं नम्बरमा परेको छ।

१२ वर्षदेखि नम्बर एक ‘अवतार’ लाई पछि पार्ला ‘स्पाइडर-म्यानः नो वे होम’ ले? ‘नो वे होम’भन्दा माथि पोहोरको फिल्म ‘एभेन्जर्स एन्ड गेम’ छ।

अहिलेसम्मकै सबभन्दा धेरै कमाउने फिल्म भने सन् २००९ को ‘अवतार’ हो जसले विश्वव्यापी बजारबाट करिब २ अर्ब ८४ करोड डलर कमाएको थियो।

त्यस्तै दोस्रो नम्बरमा २० वर्ष पुरानो फिल्म ‘टाइटनिक’ लाई उछिन्दै एभेन्जर्स एन्ड गेम पर्न सफल भएको छ। यसले हालसम्म जसले २ अर्ब ७९ करोड डलर हाराहारी कमाएको छ।

तेस्रो नम्बरमा अहिले पनि दुई दशक पुरानो ‘टाइटनिक’ नै छ। यसको कमाइ करिब २ अर्ब २० करोड डलर छ।

चौथो नम्बरमा २ अर्ब ७ करोड डलर कमाउँदै सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’ परेको छ।

त्यस्तै पाँचौं नम्बरमा मार्भलकै अघिल्लो श्रृंखला ‘एभेन्जर्सः इन्फिनिटी वार’ छ जसको कमाइ ‘स्टार वार्सः द फोर्स अवेकन्स’ भन्दा अलिकति मात्र कम छ। अहिलेसम्म ‘एभेन्जर्स इन्फिनिटी वार’ ले २ अर्ब ५ करोड डलर हाराहारी कमाएको छ।

त्यस्तै छैठौंमा छोटो समयमै ‘स्पाइडर-म्यानः नो वे होम’ पर्न सफल भएको हो।

सातौंमा सन् २०१५ को ‘जुरासिक वर्ल्ड’ परेको छ जसले अहिलेसम्म १ अर्ब ६७ करोड डलर छ।

त्यस्तै सबभन्दा धेरै कमाउने आठौं फिल्म हो सन् २०१९ को ‘द लायन किङ’। यसले १ अर्ब ६६ करोड डलर कमाएको छ।

नवौं नम्बरमा पर्न सफल फिल्म हो सन् २०१२ को ‘एभेन्जर्स’। धेरै कमाउने सूचीको उच्च स्थानमा मार्भलकै फिल्मको दबदबा देख्न सकिन्छ। ‘एभेन्जर्स’ ले १ अर्ब ५२ करोड डलर हाराहारी कमाएको थियो।

दसौं नम्बरमा भने ‘फास्ट एन्ड फ्युरियस’ को सातौं श्रृंखला ‘फ्युरियस ७’ छ। यसले १ अर्ब ५१ करोड डलर कमाएको छ।

अहिले ‘स्पाइडर-म्यानः नो वे होम’ को रफ्तार हेर्दा यसले सबै रेकर्ड तोड्ने अनुमान विश्लेषकहरूको छ। यो फिल्मले कमाउने दिन अझै धेरै छन्। फिल्मको बजार ठूलो हुनाले पूरा अवधिमा यो सबभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरिएको छ।

विश्वव्यापी बजारमा नभए पनि यसले अमेरिकी बजारमा भने सबभन्दा धेरै कमाउने ‘अवतार’ लाई उछिन्ने धेरै नै सम्भावना रहेको अनुमान छ।

दस दिनमै ६० करोड डलर कमाएर रेकर्ड बनाएको ‘स्पाइडर-म्यानः नो वे होम’ मा टम हल्यान्ड स्पाइडर-म्यानका रूपमा देखिएका छन्।

जोन वाट्सले निर्देशन गरेको यो फिल्मले दस दिनमै संसारभरबाट ६० करोड अमेरिकी डलरभन्दा बढी कमाइसकेको छ। कोरोना महामारीपछि ‘ब्लकबस्टर’ बन्न सफल यो पहिलो फिल्म हो।

सन् ७० दशकको आखिरीबाट स्पाइडर-म्यानमाथि फिल्म बनाउने सिलसिला सुरू भएको थियो। पहिलोपटक सन् १९७७ मा ‘द अमेजिङ स्पाइडर-म्यान’ को पहिलो फिल्म बन्यो। यो सुपरहिट भएपछि यही सिरिजका थप दुईवटा फिल्म बने।

त्यसपछि स्पाइडर-म्यानलाई विभिन्न कम्पनीले, विभिन्न देशले, विभिन्न भाषामा र विभिन्न रूपमा फिल्म बनाउन लर्को नै लाग्यो। एनिमेसनदेखि सिरिजसम्म बने।

करिब चार दशकमा थुप्रैतिर घुमेपछि सन् २०१६ मा मार्भल कम्पनीले स्पाइडर-म्यानमाथि फिल्म बनाउने अधिकार सोनी पिक्चर्सबाट किन्यो। लगत्तै सन् २०१६ मै रिलिज भएको मार्भलकै ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ मा पहिलोपटक टम स्पाइडर-म्यानका रूपमा देखिए।

त्यसपछि सन् २०१७ मा मार्भलले आफ्नै शैलीमा ‘स्पाइडर-म्यानः होम कमिङ’ बनायो। पिटर पार्कर उर्फ स्पाइडर म्यानको भूमिकामा २१ वर्षे टम हल्यान्ड देखिए।

होम कमिङपछि उनै टमलाई लिएर अर्को कथा आयो, स्पाइडर-म्यानः फार फ्रम होम। अहिले रिलिज भएको ‘स्पाइडर-म्यानः नो वे होम’ त्यसैको तेस्रो श्रृंखला हो।

स्पाइडर-म्यान शृंखलाका अघिल्ला फिल्महरूले पनि चर्चा नपाएका होइनन्, तर तिनको तुलनामा अहिलेको नयाँ भाग धेरै लोकप्रिय हुनुका साथै व्यवसायिक रेकर्ड राख्ने क्रममा छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.