Advertisement

मधेस प्रदेश सरकारद्वारा किसानलाई राहत दिने तयारी

0 208

Advertisement

२३ माघ, जनकपुर । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु¥याएको थियो ।

“बेमौसमी वर्षाका कारण पीडित किसानलाई राहत वितरणको तयारी सुरुआत गरेका छौँ”, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भन्नुभयो, “यसका लागि निर्देशिका तयारी भइसकेको छ, तथ्याङ्क सङ्कलनको काम जारी छ ।” सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका उहाँको भनाइ छ ।

स्थानीय तहहरूबाट विवरण आउन ढिलाइ भएको र विवरण सङ्कलन भएसँगै राहत वितरण सुरु गरिने उहाँले जानकारी दिनुभयो । वर्षाका कारण भएको क्षतिको विवरणका आधारमा किसानलाई राहतस्वरुप खातामै रकम पठाइने उहाँको भनाइ छ । पीडित किसानलाई राहत दिने प्रदेश सरकारले घोषणा गरेको थियो ।

यसैबीच प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवका संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय उच्चस्तरीय समितिको सदस्यमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मालाई चयन गरिएको छ ।

समितिलाई कृषि तथा पशुपक्षी विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतीकरणको अवस्था, मधेस प्रदेशको भू–उपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेको गतिविधिको समीक्षा एवं आगामी योजनाबारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको अर्थमन्त्री साहले जानकारी दिनुभयो ।

विगत छ महिनामै रु एक अर्ब ६० लाख राजस्व सङ्कलन

कोरोना त्रासका बीच भन्सार कार्यालय मलिवाडा महोत्तरीले विगत छ महिनाका अवधिमा रु एक अर्ब ६० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८-७९ मा रु एक अर्ब ७० करोड ७० लाख ७७ हजार लक्ष्य रहेकामा पुस मसान्तसम्ममा लक्ष्यको ९५ दशमलव दुई प्रतिशत अर्थात रु एक अर्ब ६० करोड राजस्व सङ्कलन भइसकेको छ ।

अन्य महिनाको तुलनामा माघमा सामान कम आयात हुने गरे पनि माघको दोस्रो सातासम्ममा लक्ष्यको आठ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन भएको भन्सारका प्रमुख भन्सार अधिकृत अमित पौडेलले जानकारी दिनुभयो । मुख्यतः सो नाकाबाट डिजेल, पेट्रोलसहित गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार, तरकारी, टायल्स, मार्बललगायतका सामग्रीको भारतबाट आयात हुने गरेको जनाइएको छ ।

डिजेल, पेट्रोलको आयात बढेको र खाद्यान्न सामग्रीसमेत बढी आयात भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख पौडेलको कथन छ । अघिल्लो आव २०७७-७८ मा सो कार्यालयको वार्षिक लक्ष्य रु ७९ करोड ६५ लाख रहेकामा रु एक अर्ब ६२ करोड ८८ लाख राजस्व सङ्कलन गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.