प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, आठ मन्त्रीको शपथको तयारी
२३ माघ, काठमाडाैँ । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज थप आठ जना मन्त्रीहरुलाई शपथ गराउने तयारी गरेका छन्। बिहान ११ बजे मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनले यसअघि ७ बाट मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने निर्णय गरेको थियो। अहिले पुनः एउटा मन्त्रालय थप गर्ने तयारी गरिएको जनाइएको छ।
अब प्रदेश १ मा १३ वटा मन्त्रालय हुने भएको छ।आज एकीकृत समाजवादी र कांग्रेस बाट ३-३ जना र माओवादी केन्द्र बाट २ जना मन्त्री बनाउने तयारी गरिएको छ।