Advertisement

सुनको मूल्य तोलामा ९०० ले घट्यो, चाँदीको भाउ पनि २५ रुपैयाँले सस्तियो

0 537

Advertisement

१४ माघ, काठमाडाैँ । सुनको मूल्य नेपाली बजारमा शुक्रबार तोलामा ९०० रुपैयाँले घट्दा चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य पनि ९०० रुपैयाँले घटेर ९२ हजार १०० रुपैयाँमा झर्न पुगेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैयाँ निर्धारण गरिएको थियो । बिहीबार पनि सुनको भाउ ९०० रुपैयाँले घट्दा चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९९९ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८० डलर आसपासमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनका भाउ ओरालो लागेसँगै पछिल्लो २ दिनमा १ हजार ८०० ले सुनको भाउ घटिसकेको छ । साताको सुरुमा भाउ बढेकाले साताभरमा भने सुनको भाउ १ हजार २०० रुपैयाँले मात्र घटेको हो । अघिल्लो शुक्रबार सुन तोलाको ९३३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.