Advertisement

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा

0 442

Advertisement

१० माघ, काठमाडौँ । काठमाडौँको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधन चढ्न लामो बाटो हिँडडुल गर्नका लागि समस्या परेकाले पुरानो बसपार्कबाट बस चढ्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । फरक क्षमता भएकाको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपाङ्गतामैत्री व्यवस्था थप्दै जाने महाशाखा प्रमुख जोशीको भनाइ छ ।

महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एण्ड ड्रप’ गर्न पनि अनुरोध गरेको छ ।

टेलिकमको तार चोरी गर्ने पाँच पक्राउ

नेपाल प्रहरीले टेलिकमको तार चोरी गर्ने पाँचलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलमा राखिँदै गरेको तार चोरी गर्ने पाँचलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बझाङका २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीका २५ वर्षीय नमेश बुढा, कैलालीका २४ वर्षीय गोविन्द साउद, काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रविन कार्की र गोरखाका १८ वर्षीय एक किशोर रहेका छन् ।

उक्त स्थानमा टेलिकमको तार चोरी भएको सूचनाका आधारमा धर्मस्थली र बालाजुबाट खटिएको टोलीले प्रदेश नम्बर ३ –०१–०२३ च.४३०१ नम्बरको हात्ति गाडी जङ्गलतर्फ गइरहेको अवस्थामा उनीहरुलाई टेलिकमको तारसहित पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुसँग तार काट्न प्रयोग गरिएको विभिन्न औजारहरु र एक हजार ४०० मीटर कालो टेलिफोनको तार बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.