सुनचाँदीको मूल्य सोमबार स्थीर, कतिमा हुँदैछ काराेबार ?
१० माघ, काठमाडाैँ । सुनचाँदीको मूल्य नेपाली बजारमा सोमबार स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनचाँदीको मूल्य स्थीर बनेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।
सुनचाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा भएकको महासंघले जनाएको छ ।