Advertisement

विमान चढ्नलाई खोप कार्ड देखाउनै पर्ने

0 273

Advertisement

०६ माघ, काठमाडाैँ । कोरोना महामारीको जोखिम बढेपछि आन्तरिक उडानका यात्रुलाई समेत खोप कार्ड अनिवार्य गरिएको छ । वायुसेवा सञ्चालक संघले महामारीको तेस्रो लहरले तहल्का मचाएपछि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । खोप कार्डको सट्टा मोबाइलमा कार्डको फोटो देखाए पनि हुने जनाइएको छ ।

साथै, सबै विमानभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निःसंक्रमित गर्नुपर्ने, चेक–इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र स्वास्थ्यका मापदण्ड लागू गर्न संघले निर्देशन दिएको छ ।

छोटो दुरीमा यात्रा गर्नेहरुले भने एन्टिजेन परीक्षण गर्नुनपर्ने भएको छ । यसअघि आन्तरिक हवाई यात्रामा अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने र त्यो पनि सम्बन्धित एयरलाइन्सकै खर्चमा हुनुपर्ने भनिएको थियो ।

तर, छोटो दुरीको हवाई यात्रामा उक्त व्यवस्था अव्यवहारिक हुने भन्दै निजी वायु सेवा सञ्चालकहरूले विरोध गरेपछि उक्त निर्णय तत्कालको लागि लागु नहुने जनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.