Advertisement

गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा

0 393

Advertisement

०२ माघ, एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् ।

रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो परीक्षण गरेका हुन् ।

उनका अनुसार यो उपाय लगाउँदा गाईले दिने दूधको मात्रा प्रति दिन २२ लिटरबाट बढेर २७ लिटरसम्म पुगेको छ ।

किसान इजेटका अनुसार उजाड मौसमका बेलामा हरियो चौर देख्नुले गाईलाई वास्तवमै भावनात्मक प्रभाव पार्ने रहेछ । उनी भन्छन्, “यसले उनीहरुमा स्ट्रेस पनि कम गरायो । ”

यसरी भीआर चस्मा लगाएको गाईले खुसी हुँदै सुख्खा पराल खाइरहेको तस्बिर यतिबेला सामाजिक संजालमा चर्चामा आइरहेको छ । धेरैले यसलाई सायन्स फिक्सन फिल्म, ‘द म्याट्रिक्स’ सँग तुलना गरेका छन् ।

यसरी जीवजन्तुमा भीआर प्रयोग गर्ने उपाय पहिलोपटक रुसको मस्काउमा परीक्षण गरिएको थियो । सुख्खा मौसममा पनि गाईवस्तुहरुलाई हरियालीपन महसुस गराउन त्यहाँका किसानले भीआर निर्माताहरुसँग सहकार्य गरेका थिए ।

रुसको कृषि तथा खाद्य मन्त्रालयका अनुसार रिसर्चमा भीआरले गाईमा स्ट्रेस र एन्जाइटी कम गराइ समग्र मुड राम्रो बनाइदिनाले सकारात्मक नतिजा देखिएको थियो ।

यसमा भीआर निर्माताहरुले गाइको टाउको फिट हुनेगरि विशेष तरिकाको सेट निर्माण गरेका थिए । त्यस्तै प्राविधिक विद्हरुले गाईले हेर्ने दृश्यसँग अनुकुल रङ मिलावटमा पनि ध्यान दिएका हुन् । गाईले प्राय पहेँलो, हरियो, नीलो र बैगुनी रङ मात्र राम्ररी देख्न सक्छ ।

त्यस्तै अर्को स्कटिस रिसर्चमा चाहिँ गाईवस्तुहरुमा वातावरणीय अवस्थाको उल्लेखनीय प्रभाव पर्ने गरेको पत्ता लागेको थियो ।

यसले तिनको स्वास्थ्य र मुडमा समेत असर पार्ने हुँदा दूध उत्पानको मात्रा र गुणस्तरसम्म प्रभावित हुने गरेको पाइएको छ ।

यस्तोमा इजेटले आगामी दिनहरुमा आफ्ना गाईवस्तुका लागि अझ धेरै भीआर हेडसेट खरिद गर्ने योजना रहेको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.