Advertisement

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

0 339

Advertisement

२९ पुस, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो ।

पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।

देशव्यापीरूपमा सङ्गठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय सङ्गठनलाई निर्देशन गरेको पार्टीले भीड हुने सभा–सम्मेलनलाई समेत स्थगन गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.