Advertisement

दक्षिणढोका उत्थान युवा क्लबद्वारा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्दै

0 569

Advertisement

२९ पुस, काठमाडौं । गोकर्णश्वर नगरपालिका वडा नम्वर ७ स्थित सामाजिक सेवामा सक्रिय रहदै आएको दक्षिणढोका उत्थान युवा क्लबद्वारा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

दक्षिणढोका उत्थान युवा क्लबले सरसफाई देखी समाजिक कार्यमा अग्रसर भूमिका निर्वाह गर्दै आइरहेकोमा, खेलकुदमा पनि केही योगदान गर्न साथै खेलकुद स्वास्थ्य तथा पहिचान संग जोडिएकोले हामीले स्थानीय खेलकुदमा केही परिर्वतन गराउन फुटसल प्रतियोगिता आयोजना गर्न लागेको दक्षिणढोका उत्थान युवा क्लबका खेल संयोजक विजय तामाङले डिजिटल खवरलाई बताउनुभयो ।

खेल पुस ३० गतेबाट माकलबारी स्थित मनकामना फुटसलबाट सञ्चालन हुने तामाङले बताउनुभयो । उक्त प्रतियोगिताबारे आज दिउँसो ४ बजे प्रत्रकार सम्मेलन गरि थप जानकारि उपल्वध गराउने उहाले बताउनुभयो । उक्त प्रतियोगितनमा १६ टिमले सहभागिता जनाउने छन् भने खेल नक आउटको फर्मेसनमा हुनेछ ।

फुटबल प्रतियोगिता पुस ३० गते र माघ १ गते मनकामना फुटसल माकलबारीमा हुने भएको छ । खेल ७ ए साईड फुटवल फर्मेसनमा हुने छ ।

प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछ । भने दोस्रोले २५ हजार प्राप्त गर्ने छन् । सहभागि टिम सवैमा सम्मान पत्र दिने आयोजकले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन प्रति टिम रु ५ हजार दर्ता शुल्क रहेको आयोजकले बताएका छन् ।

कोरोना महामारीलाई मध्य नजर गर्दै स्वास्थ्य मापदण्डको पालना गर्ने तथा सतर्गता अपनाउदै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने दक्षिणढोका उत्थान युवा क्लब अध्यक्ष राजेश लामाले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.