Advertisement

बुधबार सुनको मूल्य ४०० ले बढ्यो, यस्तो छ आजको बजार मूल्य

0 415

Advertisement

२८ पुस, काठमाडाैँ । सुनको मूल्य बुधबार नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुन ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला सुन तोलाको ९१ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्यमापनि सामान्य वृद्धि भएकको छ । आज चाँदीको मूल्यतोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँ भाउ तोकिएको छ । मंगलबार चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमाहुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.