Advertisement

सहकारीको ५ करोड रकम हिनामिना प्रकरण : २ जना कारागार चलान

0 229

Advertisement

२८ पुस, दाङ । दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०/५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताए ।

कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस- ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै उनी तत्कालीन नेकपा हुँदा राप्ती गाउँपालिका इञ्चार्ज र पार्टीको जिल्ला सदस्य थिए । त्यस्तै ज्ञवाली एमालेका संगठित सदस्य र राप्ती गाउँपालिका वडा नं. २ सक्रिय सदस्य हुन् ।

साविकको महाप्रभु सहकारी संस्थासहित अन्य तीन वटा सहकारी संस्था मर्ज भएर हाल देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा सञ्चालन भइरहेको छ । भण्डारी र ज्ञवाली दुवै महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष हुन् ।

सो सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संस्थाका पूर्वकोषाध्यक्ष रामकृष्ण पौडेल २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि नै दाङ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.