Advertisement

प्रेस चौतारी हुम्ला शाखा अध्यक्षमा सिंह

0 401

Advertisement

२८ पुस, सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतिलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा र सदस्यहरुमा धनबहादुर भण्डारी, टसि बोहरा, सम्राट बोहरा, मनोज बोहरा, मोहनसिंह बुढा, धोजबहादुर शाही, लक्षे कामी, अविराज हमाल, चक्र दामी छक्क थापा लगायतका चयन भएका छन् ।

यसैगरी, प्रदेश प्रतिनितिधिमा एकजना मात्रै मन्दिर सिंह चयन गरिएको भए पनि केन्द्रीय महाधिवेशन प्रतिनिधि र अन्य प्रदेश प्रतिनिधि नयाँ पदाधिकारीको पहिलो बैठकबाट नेतृत्व चयन हुने बताइएको छ । एमाले जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश कमिटी सदस्य ज्ञामी बुमीको प्रमुख आथित्यमा प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचाँै जिल्ला अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा ९एमाले० हुम्ला जिल्ला अध्यक्ष ज्ञामी बुमी, नेपाल कांग्रेस हुम्लाका प्रदेश नं ख का तक्दिर लामा, नेकपा ९माओवादी केन्द्र०का सिमकोट गाउँपालिका–५ का अध्यक्ष रामजन रावत, प्रेस चौतारीका संस्थापक अध्यक्ष कमल बोहरा, सर्केगाड

गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढा, एमालेका प्रदेश कमिटी सदस्य डबल रावत र एमाले अदानचुली गाउँ कमिटी अध्यक्ष बुध भण्डारीका साथै अनेरास्ववियु जिल्ला अध्यक्ष जयराज सन्ज्याललगायत अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.