Advertisement

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

0 254

Advertisement

२६ पुस, काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो ।

जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो ।

कर्णाली प्रदेशका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक १५ रनको योगदान दिए भने अर्जुन घर्तीले १६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । प्रकाश जैसीले आठ रन जोडे भने निश्चल रावलले दुई तथा दिनेश अधिकारी र हिमांशु शाहीले एक÷एक रन जोडे ।

कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा आर्मीका जीतेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुई÷दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको आर्मीले १९ दशमल एक ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे भने हरि चौहानले २० रन जोडे ।

त्यसैगरी रोहित पौडेल र कुशल मल्लले समान १०-१० रन जोडे । सोमपाल कामी नौ रनमा आउट हुँदा जीतेन्द्र मुखिया आठ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एक÷एक विकेट लिए ।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ रहेका छन् ।

त्यस्तै समूह ‘बी’ मा शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.