Advertisement

एमाले इलाम अध्यक्षमा बस्नेत चयन

0 456

Advertisement

२६ पुस, मङ्गलबारे । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो ।

उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ । जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । आठ सय छ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गए राति सम्पन्न भएको हो ।

एमाले बागलुङका अध्यक्षमा केसी

बलेवा– नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित हुनुभएको छ । कार्यबाहक अध्यक्षसमेत रहनुभएका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले ३२९ मत प्रप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी पाठकले २२८ मत पाउनुभयो अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गर्नुभयो । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।

उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी हुनुभयो । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाउनुभएको छ । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.