Advertisement

टिपरको ठक्करबाट मृत्यु

0 247

Advertisement

२५ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आउनुभएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो।

ठक्करबाट सख्त घाइते उहाँको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता ललितपुर महानगरपालिका–४ जवलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०-४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.