Advertisement

चार हजारले भरे मतदाता नामावली

0 434

Advertisement

०६ पुस, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा करिब चार हजार व्यक्तिले नामावली दर्ता गरेका छन् । गत मङ्सिर १७ देखि यही पुस २ गतेसम्म जिल्लाका चार स्थानीय तहमा भएको पहिलो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा तीन हजार ९०३ ले नामावली दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले पहिलो चरणमा जिल्लाको हुप्सेकोटमा एक हजार १४०, विनयी त्रिवेणीमा एक हजार ६६२, बुलिङटारमा ४४२ र बौदिकालीमा ६५९ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनुभयो ।

नागरिकता बनाएका सबैले फोटोसहितको मतदाता नामावलीको नाम दर्ता गराउन पाउने भए पनि १८ वर्ष पुगेका बालिगले मात्रै फोटोसहितको मतदाता परिचयपत्र पाउने शर्माले जानकारी दिनुभयो । जिल्लामा आठ स्थानीय तह भए पनि सात स्थानीय तहमा मात्रै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गरिएको शर्माले बताउनुभयो ।

“जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको छ”, शर्माले भन्नुभयो, “त्यसैले कावासोतीबाहेकका अन्य सात स्थानीय तहमा विशेष अभियान सञ्चालन गरेका हौँ ।” चार गाउँपालिकामा विशेष अभियान सकिएपछि पुस ५ गतेदेखि जिल्लाका अन्य तीन नगरपालिकामा अभियान सुरु भएको शर्माले बताउनुभयो ।

गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकामा सञ्चालन भइरहेको दोस्रो चरणको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम पुस १९ गतेसम्म जारी रहने उहाँले जानकारी दिनुभयो । जिल्लामा दुई लाख ३७ हजार ८२ मतदाता रहेको उहाँले बताउनुभयो । विसं २०७७ पुस ५ गतेसम्म जिल्लामा एक लाख २४ हजार ९८० महिला, एक लाख १२ हजार ९८ पुरुष र चार जना तेस्रो लिङ्गी मतदाता रहेका शर्माले बताउनुभयो ।

स्थानीय तहमा सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयमा भइरहेको नामावली सङ्कलनमा नयाँ नामावली दर्ताको काम मात्रै हुने भन्दै जिल्ला निर्वाचन अधिकारी शर्माले विवरण सच्याउने, नामावलीबाट नाम हटाउने, विवाह,

बसाइँसराइका कारण नाम थप्नेलगायतको काम गर्न जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने बताउनुभयो । स्थानीय तहमा मतदाता नामावली सङ्कलन हुँदा फरक–फरक दिन फरक–फरक वडाका बासिन्दाको नामावली दर्ता गरिएको शर्माले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.