Advertisement

पाँच लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाउँदै, १४ लाख स्मार्टकार्ड बिभागले कहिले छाप्ने?

0 477

Advertisement

०४ पुस, काठमाडाैँ । फ्रान्सेली कम्पनी सेल्प एसएसएलले १४ लाख स्मार्टकार्ड उपलब्ध गराएको झण्डै एक महिना वितिसक्दा पनि यातायात व्यवस्था विभागले स्मार्टलाइसेन्स छपाईमा आनाकानी गरेको छ ।

लाखौं सेवाग्राही स्मार्ट लाइसेन्सका लागि ट्रायल पास पर्खिरहेका छन् । तर, विभागले भने स्मार्टकार्ड आएको लामो समयसम्म पनि छाप्न कुनै प्रक्रिया अघि बढाएकोे छैन ।

विभागका अनुसार अहिले झण्डै पाँच लाख सेवाग्राही रसिदको भरमा सवारी साधन चलाइरहेका छन् । त्यस्तै नयाँ ट्रायल पास गर्ने सेवाग्राहीलाइ एक बर्षका लागि परीक्षणकालीन लाइसेन्सको व्यवस्था गरिएको छ ।

विभागसँग स्मार्टकार्ड नहुँदा विगत डेढ बर्षदेखि स्मार्ट लाइसेन्स छपाइ रोकिएका थियो । यातायात विभागका महानिर्देशक नमराज घिमिरेले १४ लाख स्मार्ट कार्ड आइसकेको र त्यसको गुणस्तर परीक्षणका लागि फ्रान्स पठाइएको बताए ।

‘परीक्षणको रिपोर्ट आए लगत्तै बाँकी स्मार्टलाइसेन्स छपाई शुरु गर्ने तयारी छ’ महानिर्देशक घिमिरेले भने ‘आगामी माघभित्र यी सबै कार्डप्रिन्ट गरिसक्छौँ र त्यसको एक महिनाभित्र सबैले कार्ड पाउँछन्’ ।

२०७३ सालबाट सुरु भएको स्मार्टलाइसेन्स वितरण हालसम्म २५ लाख जनाले चिप्स सहितको स्मार्टकार्ड पाइसकेका छन । उनका अनुसार लाइसेन्स प्रिन्ट र कार्ड खरिदको समस्याले नै सेवाग्राहीले लाइसेन्स नपाउने अवस्था आएको हो ।

उनले भने ‘डिसेम्बर २ मा १४ लाख स्मार्ट कार्ड विभागमा आइपुगेको छ। १४ लाख कार्डले अबको एक वर्षसम्मका लागि धान्छ । अहिलेसम्म साढे ४ लाख कार्ड प्रिन्ट हुन बाँकी छ’ ।

डेढ बर्ष अघि यातायात विभागले फ्रान्सेली कम्पनीलाई १४ लाख स्मार्टकार्ड ल्याउन ठेक्का दिएको थियो । तर, उक्त कम्पनीले डेढ बर्ष ढिलागरी स्मार्टकार्ड ल्याएको थियो ।

विभागले अहिले रसिदको विकल्पमा परीक्षणकालीन लाइसेन्स उपलब्ध गराउन थालेको छ । स्मार्टलाइसेन्सको आपूर्ति सहज नहुँदा विभागले परीक्षणकालीन लाइसेन्स प्रक्रिया अघि बढाएको थियो । हाल नेपाल आएको १४ लाख स्मार्टकार्डले नपुग्ने देखिएपछि थप स्मार्टकार्ड ल्याउने प्रक्रिया विभागले अघि बढाइसकेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.