Advertisement

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना

0 362

Advertisement

०१ पुष, काठमाडौं । गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ ।

सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि २ लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या १ सय ९६ गरेर २ सय ३० रहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.