Advertisement

बैंक तथा वित्तीय संस्थाहरुले पुसमा ब्याजदर नबढाउने

0 252

Advertisement

२९ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पुस १ महिनामा ब्याजदर नबढाउने भएका छन् । योसँगै पुस महिनामा मंसिरमै लागू गरिएको ब्याजदरले निरन्तरता पाउने भएको छ ।

नेपाल बैंकर्स संघको पहलमा डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनी एसोसिएसनका पदाधिकारीले पुसमा ब्याजदर नबढाउने सहमति गरेका हुन् ।

योसँगै वाणिज्य बैंकहरुले मंसिरमा कायम गरेको व्यक्तिगत मुद्दति निक्षेपतर्फ अधिकतम १०.०५ प्रतिशत र संस्थागततर्फ ९.०५ प्रतिशत ब्याजदर यथावत रहने भएको छ । अब बैंकहरुले अधिकतम सीमाभन्दा बढी व्याजदर कायम गर्न पाउने छैनन् ।

यता, विकास बैंकहरुले भने मंसिरमै कायम गरेको ब्याजदरलाई पुसमा निरन्तरता दिँदै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १०.२५ प्रतिशत र संस्थागततर्फ ९.२५ प्रतिशत कायम गरेका छन्।

त्यस्तै, फाइनान्सहरुले व्यक्तिगत मुद्दति निक्षेपमा १०.३५ प्रतिशत र संस्थागततर्फ ९.३५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्।

ब्याजदर बढाउँदैमा निक्षेप पनि नबढ्ने र ब्याजदर बढाउँदा अर्थतन्त्रमा असर पर्ने भएपछि बैंक तथा वित्तीय संस्थाहरु पदाधिकारीहरु ब्याजदर नबढाउने सहमतिमा पुगेका हुन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.