Advertisement

माल्टामा नयाँ कानुन: सात ग्राम गाँजा बोक्न र घरमा चार बोट लगाउन पाइने

0 271

Advertisement

२९ मंसिर, माल्टा । माल्टा व्यक्तिगत प्रयोगका लागि गाँजा लगाउन र बोक्न पाइने पहिलो युरोपेली मुलुक बनेको छ।

माल्टाको संसदले मंगलबार गाँजासम्बन्धी नयाँ कानुन पारित गरेको छ। नयाँ कानुनमा व्यक्तिगत प्रयोगका लागि ७ ग्रामसम्म गाँजा बोक्न पाइने र घरमा चार वटा बोट लगाउन पाइने व्यवस्था रहेको बिबिसीले उल्लेख गरेको छ।

संसदमा नयाँ कानुनका पक्षमा ३६ र विपक्षमा २७ मत परेको थियो। नयाँ कानुनले सार्वजनिक स्थल र १८ वर्षमूनिका केटाकेटीका सामू भने गाँजा तान्न प्रतिबन्ध लगाएको छ।

माल्टाका समानता मन्त्री ओएन बोनिसीले यो ऐतिहासिक कानुनले थोरै मात्रामा गाँजा बोक्नेहरूलाई कानुनी झमेला नहुने बताएका छन्।

माल्टाका विपक्षीहरूले भने यो कानुन राष्ट्रपतिले अनुमोदन गर्न नहुने बताइरहेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.